सर्लाही, श्रावण १३ – अवैध सुनसहित रौतहटमा दुई जना पक्राउ परेका छन् । चन्द्रपुरबाट सदरमुकाम गौरतर्फ जाँदै गरेको टाटा सुमोलाई चेकजाँच गर्दा सुनसहित दुई जना पक्राउ परेको हो ।

बिहीबार राति बम नहर क्षेत्रमा प्रहरीले करिब ११ बजे बीआर ०५ सिए ०९१२ नम्बरको गाडीलाई चेकजाँच गर्दा गौर नगरपालिका ७ का सरोज यादव र गौर ५ का दिनानाथ गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । अवैध सुन निकासीको सूचना पाएपछि रौतहट प्रहरी चेकजाँचमा बसेको थियो।

पक्राउ परेको गाडी, दुई जना तस्कर र एक किलो सुन मध्यमाञ्चल राजस्व कार्यालय पथलैयामा बुझाउने तयारी भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकारी दिए ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*