सर्लाही, श्रावण ०४ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिच गोप्य भेटवार्ता भएको खुलेको छ ।

जुलाइको सुरुमा जर्मनीमा भएको जी–ट्वेन्टी सम्मेलनको क्रममा ट्रम्प र पुटिनबिच गोप्य भेटवार्ता भएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ ।

दुई नेताबिच औपचारिक भेटवार्ता भएको केही घण्टापछि नै फेरि भेटवार्ता भएको र त्यो गोप्य रहेको थियो । पछिल्लो भेटवार्तामा रुसी अनुवादक र दुई नेताको मात्रै उपस्थिति रहेको थियो ।

गोप्य भेटवार्तामा दुई नेताबिच के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*