सर्लाही, श्रावण १३ – नेकपा एमालेका महासचिव ईश्वर पोख्रेल लगायतका केन्द्रीय नेताहरु सर्लाही आउनु हुने भएको छ । आसन्न स्थानिय तहको निर्बाचन र यसको तयारी ,वर्तमान मुलुकको राजनीतिक अबस्था, पार्टी नेता कार्यकर्ताको भूमिका लगायतका विषयमा पार्टीले आयोजना गर्न लागेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न उहाँहरु सर्लाही आउन लाग्नु भएको हो ।

नेकपा एमाले हरिवन नगरकमिटीले यही साउन २० गते आयोजना गर्ने जिल्ला स्तरिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन महासचिव ईश्वर पोख्रेल, उपमहासचिव विष्णु पौडेल, सचिव गोकर्ण विष्ट लगायतका केन्द्रीय नेताहरु सर्लाही आउन लाग्नु भएको हो ।

सीता प्यालेस होटलमा साउन २० गते विहान ११ बजे हुने भेलालाई उहाँहरुले सम्बोधन गर्नु हुने नेकपा एमालेले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*