काठमाडौं, श्रावन ०३ – उन्नाइस वर्षमुनिको विश्वकप क्रिकेट छनोट प्रतियोगिता अन्तर्गत दोस्रो खेलमा नेपालले मलेसियालाई ५ विकेटले हराएको छ ।

५९ रनको लक्ष्य नेपालले  ९ ओभर ५ बलमा ५ विकेट जाँदा पूरा गरेको गरेको हो । पहिले ब्याटिङ गरेको मलेसियाले सबै विकेट जाँदा २५ ओभर ५ बलमा ५८ रन बनाएको थियो ।

बलिङको तुलनामा नेपालको ब्याटिङ भने केही कमजोर देखियो । ८ बलमा ६ रन बनाउँदा सन्दिप सुनार र ६ बलमा ५ रन बनाउँदा आदिल खान आउट भएका छन् । २० बलमा २३ रन बनाउँदा आसिफ शेख आउट भए । उनले ५ चौका हाने । दिपेन्द्र सिंह ऐरी ५ बलमा ४ रन बनाउँदा आउट भए । अनिल शाह शून्यमै आउट भए । प्रनित थापा मगरले १२ बलमा १८ रन साथै रोहित कुमार पौडेलले ५ बलमा ४ रन बनाए । २ सय ४१ बल बाँकी छँदै नेपालले लक्ष्य पूरा गरेको हो ।

पहिलो खेलमा नेपालले सिंगापुरलाई ४ विकेटले हराएको थियो । ७४ रनको लक्ष्य नेपालले १७ ओभर ३ बलमा ६ विकेट जाँदा पूरा गरेको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*