सर्लाही, श्रावण १३ – बँदेलले राती मकै खान थाले पछि लालबन्दी नगरपालिका १५ का स्थानीय अनिदो रात कटाउन बाध्य भएका छन् । पाक्न लागेको मकै बँदेलले खाएर सोत्तर पार्न थाले पछि उनीहरु रातभरि पनि मकै रुग्न बारीमै बस्न बाध्य भएका हुन ।

त्यस क्षेत्रमा दिउँसो पनि बाँदरले मकै खाएर किसानलाई दुःख दिने गरेको छ । किसानहरु दिनभरी पनि मकै रुग्न बारीमै बस्छन् । राती पनि बँदेलले दुख दिन थाले पछि आफुहरु अनिदो भएको स्थानीय किसान सोवित बोम्जनले बताउनु भयो ।

पहिले त दिउँसो बादरले मात्रै दुःख दिन्थ्यो अहिले त राती बँदेलले समेत दुःख दिएको छ । सामुदायले वन जोगान थाले पछि अहिले जंगली जनावारहरुको संख्या धेरै भएको छ त्यसले गर्दा पनि हामीलाई राती मकै जोगाउन मुस्किल भएको स्थानीय बोम्जनले बताउनु भयो ।

जंगली जनावरले दुःख दिन थाले पछि मानिसहरु टौवा बनाएर राती पनि खेतवारीमै वस्ने गरेका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*