सर्लाही, श्रावण १६ – मतदाता नामावली संकलन तथा अध्यावधिक कार्य सर्लाहीमा १७ स्थानबाट सुरु भएको भए पनि प्रभावकारी ढंगले काम नभएको स्थानीयले गुनासो गरेका छन् ।

आज देखि गाउँगाउँबाट नाम दर्ता गर्ने आयोगको तालिका अनुसारै जिल्लाका १६ गाउपालिका तथा नगरपालिकाका केन्द्रहरुबाट नाम दर्ताको कार्य सुरु भएको तर गाउँपालिका र नगरपालिकाका केन्द्रहरुमा नाम दर्ता गराउन आएकाहरु रित्तै फर्किन बाध्य भएका छन् । फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आएका हरिवनका स्थानीय रवि नेपालीले भने फोटो खिच्ने मान्छे छैन, फारम भर्ने मान्छे पनि छैन कसरी नाम दर्ता गर्नु ।उता जिल्ला निर्वाचन कार्यालय मलंगवाले भने मतदाता नामावलीमा नाम दर्ता गर्न कुनै समस्या नभएको बताएको छ । कार्यालयले जिल्लाका १७ ओटै स्थानीय तहका केन्द्रहरुमा नाम दर्ताको लागि सबै व्यवस्था भएको बताएको हो । सदरमुकाम मलंगवाको हकमा भने निर्वाचन कार्यालयमै नाम दर्ताको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनु भयो ।

उहाँले साउन ३२ गते सम्म नाम दर्ता हुने भएकोले आ–आफ्ना गाउपालिका तथा नगरपालिकाका केन्द्रहरुमा गई नाम दर्ता तथा अध्यावधिक गराउन र सो कार्यमा सहयोग पु¥याई दिन सबैलाई आग्रह समेत गर्नु भएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*