सर्लाही, श्रावण १६ – जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालयले लापरवाही गर्दा बाढीले किसानको मौरीको घार बगाएको छ हिजो खोलामा आएको बाढीले कैलाशपुरी क्षेत्रमा चरणका लागि राखिएका ३ सय मध्ये ६५ घार बगाए पछि किसान चिन्तित भएका छन् ।सर्लाहिको हरिवन नगरपालिका ८ स्थित कैलाशपुरीमा कार्यालयले लापरवाही ढंगले जाली राख्दा खोलामा आएको भेलले त्यस क्षेत्रमा चरणका लागि राखिएको करीब ६ लाख ५० हजार बरावरको गोला मौरीको घार बगाएको हो ।

यो क्षेत्र मौरी चरणका लागि अति नै उपयुक्त अन्यत्र नपाईने चाम्रे वनस्पतीका लागि प्रशिद्ध रहेको क्षेत्र हो । यहाँ २०५८/५९ साल देखि नै किसानले मौरी चरणका लागि राख्दै आएको मौरी किसान एवं स्वदेशी मौरी मह उत्पादन केन्द्रका संचालक हेमराज देवकोटाले बताउनु भयो ।

बाढीका कारण त्यस क्षेत्रका २१ घर धुरी समेत जोखिममा परेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*