सर्लाही, श्रावण १६ – नेपाली काँग्रेस सर्लाहीले नेता रामहरी जोशी प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । काँग्रेस जिल्ला कार्य समितिले मलंगवामा आज एक कार्यक्रम गरी जोशी प्रति श्रद्धाञ्जली अपर्ण गरेको हो ।

नेपाली काँग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायको अध्यक्षता तथा काँग्रेस राष्ट्रिय सभाका पूर्व सचेतक एवं पूर्व सर्लाही जिल्ला सभापति भिखारी महतोको प्रमुख आतिथ्यतामा उद्योग वाणिज्य संघ मलंगवाकोे सभाहलमा एक कार्यक्रम गरी नेता जोशी प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

जोशीको गत असार २९ गते निधन भएको थियो । उहाँको तस्बीरमा माल्यार्पण गर्दै उहाँ प्रति श्रद्धाञ्जली अपर्ण गरिएको कार्यक्रममा बक्ताहरुले उहाँको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पूर्व जिल्ला सभापतिहरु, महाधिवेशन प्रतिनिधीहरु, क्षेत्रीय सभापतिहरु लगायत नेता कार्यकर्ता र भातृसंगठनका प्रतिनिधीहरुको उपस्थिती रहेको नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य डोर प्रसाद भट्टराईले जानकारी दिनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*