सर्लाही, श्रावण १२ – मोबाइलमा फोन गरेर अश्लिल शब्द बोल्ने दुई जनाविरुद्ध प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ । धनकुटाको पाख्रिवास नगरपालिका–९ का ईश्वर बिष्ट र पाख्रिवास–५ का श्यामकुमार बिकले खाँदबारी नगरपालिका–६ की एक युवतीलाई मोबाइलमा फोन गरेर अश्लिल शब्द प्रयोग गरेका थिए ।

 

पीडितका अनुसार उनीहरुले अश्लिल शब्दका साथै गालीगलौज गर्ने गर्थे । उनीहरुले दैनिक दर्जनौ पटक फोन गर्ने गरेका थिए । पीडितले दुईवटा फरक सिमबाट असार २२ गतेदेखि फोन गरेर धम्की र अश्लिल शब्द प्रयोग गरेको उजुरी दर्ता गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*