सर्लाही, श्रावण १६ – नेकपा एमाले हरिवन नगरका मेयर उमेदवार गणेश प्रसाईंले हरिवनलाई समृद्ध बनाउनका लागि आफुले मेयरमा उमेदवारी दिएको बताउनु भएको छ ।आज हरिवन नगर कमिटी वडा नम्बर १ले घुर्कौलीमा गरेको उमेदवार परिचयात्मक कार्याक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले समग्र हरिवनको विकासमा आफु व्यक्तिगत स्वार्थ त्यागि दिलो ज्यानले लाग्ने बताउनु भयो । वडा नम्बर १ का अध्यक्ष केशव मैनालीको अध्यक्षतामा भएको उमेदवार परिचयात्मक कार्यक्रममा उपमेयरकी उमेदवार रेणुका पौडेलल, एमाले नेताहरु चुडामणि वाग्ले, भरत कार्की, टेक बहादुर लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

भरत मगरले संचालन गरेको कार्यक्रममा वडा कमिटि सचिव पवन खरेलले स्वागत मन्तव्य राख्नु भएको नेता चुडामणि वाग्लेले जानकारी दिनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*