सर्लाही, श्रावण १६ – नेकपा एमाले सर्लाहीको जिल्ला कमिटी बैठक सम्पन्न भएको छ । बागमती नगरपालिका स्थित सीता प्यालेस होटलमा केन्द्रीय उपमहासचिव एवम पुर्व अर्थ मन्त्री विष्णु पौडेल र केन्द्रिय सचिव एवम पुर्व उर्जामन्त्री गोकर्ण विष्टको उपस्थितमा बैठक बसेको हो ।एकदमै महत्वपूर्ण मानिएको यो वैठकले चुनाव भएका ६ ओटा प्रदेशमा जस्तै प्रदेश नम्बर २ लाई पनि कसरि पहिलो बनाउने भन्ने बिषयमा छलफल भएको बैठक स्थलबाट एमाले जिल्ला कमिटि सदष्य मोहन भण्डारिले जानकारि दिनुभयो ।

वैठकका समसामयिक विषयमा जिल्ला कार्यासमितिका पदाधिकारीहरुले असोज २ गते हुन लागेको २ नम्वर प्रदेशको स्थानीय तहको निर्वाचनमा एमालेलाई कसरी पहिलो पार्टी बनाउन सकिन्छ भन्ने विषयमा धारणा राखेका थिए ।

जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा वसेको वैठक विहान ११ बजे देखिसुरु भएको जिल्ला कमिटी सचिव वेची लुंगेलीले जानकारी दिनु भयो ।

बैठकमा सर्लाहि जिल्लाका सबै जिल्ला कमिटि सदष्य एवम माथील्लो तहका नेताहरु लगाएत नेतृत्व तहका नेताहरुको पनि सहभागीता रहेको थियो ।

 

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*