सर्लाही, भाद्र ५ – भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिनको अवशरमा जुटपानीमा रहेको पद्धम भुवनेश्वरि बृद्धाश्रममा ज्येष्ठ नागरिकलाई मिष्ठान्न भोजन सहित सम्मान गरिएको छ ।

सर्लाहिको लालबन्दी नगरपालीका २ जुटपानीमा रहेको आश्रम मा आश्रमका अध्यक्ष वासुदेव शरण कोईरालाको अध्यक्षता एवम प्रमुख जिल्ला अधिकारि प्रदिपराज कँडेलको प्रमुख आतिथ्यतामा त्यस क्षेत्रका ४० जना बृद्ध बृद्धालाई मिष्ठान्न भोजन सहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रम मा उपस्थित ३५ बृद्ध बृद्धालाई ३०० रुपैयाको दर ले नगद पनि प्रदान गरिएको आश्रमलाई उद्धृत गर्दै हाम्रि सहकर्मि अर्चना झाले बताउनुभएको छ ।

यता लालबन्दी नगरपालीका ९ निवासि सन्तोष पौडेल को परिवारले वुवाको मुख हेर्ने दिनको अवशर पारेर एक बिपन्न परिवारलाई सहयोग गरेको छ । कुसे औँसि तथा वुवाको मुख हेर्नेदिनको अवशर पारेर पौडेल परिवारले आफ्नो दिवंगत पिताको सम्झनामा सर्लाहि जिल्लाको लालबन्दी नगरपालीका स्थित हरिभवनको एक गरिव परिवारलाई सहयोग गरेको हो ।

नगरपालीका ४ स्थित मुसहर बस्तिको जयराम रामको परिवारलाई पौडेल परिवारले खाद्यान्न सामाग्री, लत्ताकपडा, नगद तथा अन्य घरायसि सर समान सहयोग गरेको हो । साथै उक्त परिवारलाई टिकादत्त पौडेल ले पनि नगद २ हजार सहयोग गर्नुभएको छ ।

लालबन्दी नगरका मेयरका एमाले उम्मेदवार मान बहादुर खड्काको पहलमा उक्त बिपन्न परिवारलाई सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटि सदष्य उज्वल कार्किले जानकारि दिनुभयो ।

जयराम राम ले चरम गरिविका कारण परिवारको बोझ थाम्न नसकि केहिदिन अघि आत्महत्या गरेको परिवारको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*