सर्लाही, श्रावण २६ – सर्लाहीको नवलपुरमा रहेको जनता माध्यमिक विद्यालयमा आज नयाँ विद्यालय व्यवस्थापन समितीका लागि ४ जना सदस्य चयन गरिएको छ । विद्यालय निरिक्षक रामाधार कुशवाहाको अध्यक्षतामा आज बसेको अभिभावक भेलाले नयाँ व्यवस्थापन समितीका लागि ब्रह्मदेव महतो, गिनेन्द्र कुमार यादव, मन्जु बुढाथोकी र सन्जादेवी महतोलाई चयन गरेको हो ।अन्य दुई जना केही दिनमै अर्को बैठकबाट चयन गर्ने विद्यालयका प्रधानाध्यपक रामप्रित महतोले जानकारी दिनु भयो । नयाँ व्यवस्थाअनुसार विद्यालय व्यवस्थापन समिती ९ जनाको हुने व्यवस्था छ ।

जसमा अभिभावक भेलाबाट २महिला २पुरुष सहित ४ जना, शिक्षक प्रतिनिधीबाट १ जना, समाजसेवी÷चन्दादाताहरुमध्येबाट एक महिला एक पुरुष सहित २ जना छानिन्छन् ।

त्यस्तै वडा अध्यक्ष वा जनप्रतिनिधी एक जना पदेन सदस्य र प्रधानध्यापक स्वतः सदस्य सचिव हुने प्रावधान रहेको छ । पछिल्लो समय जिल्लाका विभिन्न विद्यालयहरुमा विद्यालय व्यवस्थापन समिति चयनमा विवाद समेत हुँदै आएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*