सर्लाही, श्रावण २७ – प्रदेश नम्बर २ कै पहिचान बोकेको सर्लाहीको चन्द्रनगर गाउपालिका स्थित पर्यटकीय तालको माछा ठेक्का लगाउने निर्णय भएको छ । विगत तीन वर्ष यता देखि ननिकालिएको माछा स्थानीयले आफुखुशि निकाल्न थाले पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलिय बैठकले तालको माछा ठेक्का मार्फत विक्री गर्ने निर्णय गरेको हो ।

अस्ती बुधवार ताल संरक्षण समितिका केही पदाधिकारी सहितको मिलोमतोमा स्थानीयले तालबाट १० लाख भन्दा धेरैको माछा निकालेका थिए । स्थानीयले एउटै माछा २० किलो सम्मको लिएर गएका थिए । स्थानीयले माछा चोरी गरेको थहा पाए पछि ईलाका प्रहरी कार्यालय केशरगंज र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी खटाईएको थियो ।

तर माछा निकाल्न आएका स्थानीयले प्रहरीमाथि नै ढुंगामुढा गरे पछि प्रहरीले केही सेल अश्रुसेल समेत प्रहार गरेको थियो । झडपमा एक स्थानीय समेत घाईते भएका थिए । त्यस पछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आज गाउँपालिकाका प्रमुख र ताल संरक्षण समितिका पदाधिकारीहरुलाई बोलाई तालको माछा ठेक्का मार्फत विक्री गर्न निर्देशन दिनु भएको ताल संरक्षण समितिका सचिव अनिल कर्णले जानकारी दिनु भयो ।

अब तालको माछा गाउँपालिकाले ठेक्का लगाउने निर्णय भएकोसचिव कर्णले बताउनु भयो । त्यस्तै तालको माछा चोरी गर्नेहरुलाई पक्राउ गरी कार्वाही गर्ने समेत सहमति भएको छ ।।।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*