सर्लाही, भाद्र ८ – नेपाल आयल निगमले इन्धन भण्डारण गर्न सर्लाहीको नेत्रगञ्जमा खरिद गरेको जग्गाको आज संसदीय समितिले स्थलगत अनुगमन गरेको छ । निगमले प्रदेश नम्वर २ का लागि इन्धन भण्डारण गर्न खरिद गरेको जग्गाको व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समिति मातहतको आपूर्ति उपसमितिले स्थलगत अनुगमन गरेको हो ।

अनुगमनका क्रममा निगमले अस्वभाविक मूल्यमा जग्गा खरिद गरेको पाइएको अनुगमन टोलीका संदस्य सांसद दीपक कार्कीले बताउनुभयो । उहाँका अनुसार प्रति कट्ठा एक लाख ३५ हजारमा किनबेच भैरहेको जग्गा आयल निगमले ९ लाख ६० हजारका दरले खरिद गरेको पाइएको छ ।

बिचौलिया मार्फत किसानलाई थोरै रकम दिएर जागिर दिने प्रलोभन देखाई जग्गा खरिद गरेको पाइएको अनुगमन समितिले जनाएको छ । किसानहरुले आफूहरुको जग्गाबाट राज्यको करोडौं रकम लुटिएको गुनासो गरेका छन् ।

अनुगमन टोलीका अर्का सांसद मानबीर मानन्धरले निगमले बिचौलिया लगाएर जमिन खरिदमा करोडौं रुपैयाँ घोटला गरेको बताउनुभयो ।

निगमले प्रदेश नंम्बर २ का लागि इन्धन भण्डारण गर्न भन्दै सर्लाहीको नेत्रगञ्जमा बागवानी केन्द्र भन्दा उत्तर तर्फ १५ बिघा ६ कट्ठा १४ धुर जमिन खरिद गरेको छ ।।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*