श्रावण ३१ – नेपाल प्रहरीले विभिन्न पदमा भर्ना खुलाएको छ । आज एक सूचना प्रकाशन गर्दै नेपाल प्रहरीले विभिन्न पदमा गरी १ हजार १ सय ७२ जना जनशक्ति माग गरेको छ ।

प्रहरी निरीक्षकमा ९१ जनाको माग गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षकको लागि ३ सय १४ जनाको माग गरिएको छ । प्रहरी जवानमा भने ७ सय ६७ जना माग गरिएको छ ।यस्तै सशस्त्र प्रहरी बलमा पनि २५ सय जनाका लागि जागिर खुलेको छ । सशस्त्र प्रहरी बलले आज एक सुचना प्रकशन गर्दै प्रहरी जवान, भान्छे, केश कर्तक, सुचिकार चर्मकर्मी र कुचिकार गरि २५ सय कर्मचारी माग गरेको हो । सशस्त्र प्रहरीले २३ सय जना जवान मात्रै माग गरेको छ ।

जसमा खुलातर्फबाट १ हजार २ सय १९ जना माग गरिएको छ भने बाँकी ३ सय ३१ जना आदिबासी जनजाति, मधेसी २ सय ९०, दलित १ सय ५५, पिछडा वर्ग ५२ जना र अमर तथा अशक्त सशस्त्र परिवारको परिवारका लागि ४६ कोटा छुट्टाइएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*