सर्लाही, श्रावण ३१ – वर्षाका कारण जमेको पानीको खाल्डोमा डुबेर सर्लाहीमा आज दुई जनाको ज्यान गएको छ । योसँगै जिल्लामा बाढीका कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ ।

हरिपुर नगरपालिका–७ चिताइनका २२ वर्षका लक्ष्मणकुमार दनुवार र कविलासी गाउँपालिका–४ हेमपुरका ७ वर्षका धिरज यादवको खाल्डोमा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ । ढंग्रा खोलाले बगाएर बेपत्ता भएका लक्ष्मीपुर सुखचैना–९ का १५ वर्षका बालक रुपेश राउत अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*