सर्लाही, श्रावण २९ – अविरल वर्षाका कारण घर ढल्दा घरले किचेर सर्लाहीमा एक वृद्धको ज्यान गएको छ । धनकौल १ साविक मानपुर ८ का ७५ वर्षिय किशोरी रायको घरले किचेर ज्यान गएको ईलाका प्रहरी कार्यालय बहथवाले जानकारि दिएको छ ।

यता लालबन्दी नगरपालिका वडा नं.५को सुकुम्वासी बस्ती डुवानमा परेको छ । उता सर्लाही रामनगर बहुअर्वा सेखौनामा पनि करीब २० घर डुवानमा परेको छ । त्यसैगरि ईश्वरपुर नगरपालिकाको सोकनाहमा पनि एक घर ढलेको प्रहरीले बताएको छ ।

त्यस्तै लखनदेही, झिमनदी, फुलजोर बाके नदी किनारका बासिन्दा त्रसित भएका छन् । ती स्थानहरुमा पनि सुरक्षा निकायले विशेष निगरानी राखी रहेको प्रमुख जिल्ला अधिकारी कणेलले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*