श्रावण २९ – सिन्धुलीको मरिणमा रहेको एक स्वास्थ्य चौकिले आज पहिलो पटक स्थानिय एक महिलालाई प्रसुती गराएको छ । सिन्धुली जिल्लाको मरिण गाउँपालीका ५ बडिमुहानमा रहेको महादेवस्थान स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती सेवा प्रदान गरेको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुली बाट यहि श्रावण २४ गत्तेदेखि प्रसुती सेवा सञ्चालनको अनुमति पाएको स्वास्थ्य चौकिले आज पहिलो पटक प्रसुती गराएको हो । स्वास्थ्यचौकि ले स्थानिय सनुता माझिलाई प्रसुती गराएको हो ।

सनुताले छोरि जन्माउनुभएको छ । शिशु स्वस्थ जन्मिएको र आमा र बच्चा दुबैको अवस्था खतरामुक्त रहेको स्वास्थ्यचौकि प्रमुख सि अहेव राज किशोर शाहले बताउनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*