सर्लाही, भाद्र ८ – सर्लाहीको बागमती नगरपालिका १ मीलन चोकमा आज दिउँसो ट्रकले म्याजिकलाई ठक्कर दिदाँ एक जना घाइते भएका छन् । दिउँसो करिब २ः३० बजे पुर्वबाट पश्चिम तर्फ जादै गरेको ना१ज ५२४१ नम्बरको म्याजिकलाई सोहि दिशा तर्फ गईरहेको ना ३ ख ४६९० नम्बरको ट्रकले ठक्कर दिदाँ म्याजिक चालक बर्ष ३८ का रामसोवीर महतो घाइते भएका इलाका प्रहरी कार्यालय कमैयाले जनाएको छ ।

म्याजिक चालकको दाहिने हात भाचिएकाले नमुना अस्पाताल हरिवनमा प्राथमीक उपचार पश्चात थप उपचारका लागी काठमाडौ रिफर गरिएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक,चालक र म्याजिक इलाका प्रहरी कार्यालय कमैयाको नियन्त्रणमा रहेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*