सर्लाही, भाद्र ०२ – सर्लाहिको ईश्वरपुर नगरपालीका स्थित ४० घर मुसहर बस्तिमा आज राहत सामग्री बितरण गरिएको छ । म्याग्दिका अनेरास्ववियु सदष्य प्रकाश पौडेल ले म्याग्दिबाट संकलन गरि ल्याउनुभएको राहत सामग्री ईश्वरपुरका डुवान पिडित दलित बस्तिमा बितरण गरिएको हो ।

पौडेल ले सर्लाहिको एमाले निकट बिद्यार्थी संगठन अनेरास्ववियु संग समन्वय गरि राहत बितरण गरिरहनुभएको छ । उहाँले हिजो मलगंवा नगरपालीका को भाडसरका १७५ घर बाडिपिडितलाई दाल, चामल, नुन, तेल, आलु लगाएतका अत्यावश्यक खाद्यान्न सामाग्री बितरण गर्नुभएको छ ।बाढि तथा डुवान पिडितलाई राहत बितरण गर्नका लागी म्याग्दिबाट अनेरास्ववियु केन्द्रिय सदष्य पौडेल र युवा संघ म्याग्दिका सचिवालय सदष्य बिजय घर्तिमगर आउनुभएको छ ।

ईश्वरपुरको दलितबस्तिमा चलिरहेको राहत बितरण कार्यक्रम मा सर्लाहिका अनेरास्ववियु केन्द्रिय सदष्य उज्वल कार्कि, केन्द्रिय परिषद सदष्य सरोज बावु न्यौपाने, जनज्योती क्याम्पसका स्ववियु सभापति शिवहरि पौडेल सँगै ईश्वरपुर नगरपालीका का मेयरका एमाले उम्मेदवार मनोज देवकोटा उपमेयरका उम्मेदवार एकावति चौधरि लगाएत अन्य थुप्रै एमाले नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*