सर्लाही, भाद्र ३ – म्याग्दि जिल्लामा क्रियाशिल एमाले निकट भातृ संगठन अनेरास्ववियुले सर्लाहिको बिभिन्न ठाउँमा राहत बितरण गरेको छ । म्याग्दिबाट अखिलका केन्द्रिय सदष्य प्रकाश पौडेलको नेतृत्वमा आएको ४ जनाको टोलीले सर्लाहिको अनेरास्ववियु जिल्ला कमिटि सँग सहकार्य गरि राहत बितरण गरिरहेको छ ।

बाढि प्रभावित सर्लाहिका दक्षिणि क्षेत्रहरुमा टोलीले राहत बितरण गरिरहेको छ । सो टोलीले अस्ति मलगंवा नगरपालीका का डुवान पिडित करिव १७५ घर धुरिमा राहत बितरण गरेको थियो भने हिजो पनि ईश्वरपुर नगरपालीका को डुवान क्षेत्रका ६५ घरधुरिमा राहत बितरण गरेको थियो ।

आज बिहान ढुकढुकि एफ.एम.को एक बिशेष कार्यक्रममा बोल्नुहँुदै पौडेल ले देश दुखेको बेला, तराई डुवेको बेलामा जो कोहि नेपालीले पनि पिडित दाजुभाईलाई सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

अर्को एक प्रसंगमा पौडेल ले आफ्नो स्वार्थ पुर्ति गर्नका लागी तराईमा आन्दोलन गर्ने र प्रति परिवार ५० लाख दिने घोषणा गर्ने तत्वहरुले तराई र पहाडमा बिखण्डनकारि भावना फैलाउन खोजेको भएपनी यो बिपत्तिको बेलामा एक नेपाली ले अर्को नेपालीलाई सहयोग गरेका कारण त्यस्ता बिखण्डनकारि तत्वहरुको पत्तासाफ हुने बताउनुभएको छ ।

सो समुहले आज मात्रैपनि घरवार गुमाएका लालबन्दिका २ परिवारलाई घर बनाउनका लागी ब्लक सहयोग गरेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*