रौतहट, श्रावण ३१ – रौतहट जिल्लामा बाढीका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । आज बिहान मात्र पुरेनवा र सवगढहामा दुई जनाको शव फेला परेको छ । अन्य तीन जना हराइरहेका छन् । जिल्लाको ९० प्रतिशत भूभाग डुबानमा परेको सरकारी निकायहरुको भनाइ छ ।

पाँच सयभन्दा बढी घर भत्किएका छन् भने करौडौंको बालीनालीमा नोक्सान भएको छ । घरबारविहीन बनेका पीडित परिवार स्थानीय सडकमा पाल टाँगेर र विद्यालय भवनमा बसिरहेका छन् ।

सडकमा बसिरहेका परिवारले बाढीमा डुबेका कलहरुबाट आउने लेदो पानी प्रयोग गरिरहेका छन् । जसका कारण गम्भीर स्वास्थ्य समस्या देखिने जोखिम बढेको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*