सर्लाही, श्रावण २७ – बाल संरक्षण सस्था लालबन्दीको आयोजना तथा बिश्व शिक्षा काठमाडौको सहयोगमा सात दिने किसोरि शिक्षा तालिम शुक्रबार लालबन्दीको नमस्ते होटलमा सम्पन्न भएको छ ।

बालसंरक्षण सस्थाकी अध्यक्ष राधा घिमीरेको अध्यक्षतामा सम्पन्न तालीममा प्रशिक्षक तुलबाहादुर बानिया र बिवेक झाले प्रशिक्षण दिनुभएको कार्यक्रम संचालक सुरेस रेग्मीले जानकारी दिनुभयो । विश्व शिक्षा संगको साझेदारीमा बाल संरक्षण संस्था लालबन्दीद्धारा संचालित संगसँगै परियोजना अन्र्तगतको किशोरी शिक्षा सहयोगी कार्यकर्ता तालिम ५ चरणमा संचालन गरिदै आएको छ ।

हाल साबिकका सात वटा गाबिसका ११३ जना किसोरीहरुमध्ये चौथो चरण अन्र्तगत २१ जना किसोरीहरुलाई तालिममा सहभागी गराइएको थियो । बाल संरक्षण संस्थाले अनौपचारीक कक्षा संचालन गरी बिधालय बाहिरका किशोरीलाई बिधालय सम्म पुर्याउने र बिधालय शिक्षा हासील गर्न अभिप्रेरित गदै आएको छ ।

यस्तै, संस्थाले प्राथमीक तहको अध्ययन पुरा नगरेका र कहिले पनि बिधालय नगएका मुस्लीम र दलित समुदायका किशोरीहरु तथा नौ महिना सम्म नेपाल सरकारको पा्रथमीक बिधालय तहको पाठ्यक्रमलाई समेट्ने गरि तयार पारिएको अनौपचारिक कक्षाको पाठ्यक्रम अध्ययन गराइन्छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*