सर्लाही, भाद्र ८ – लैंगिक आधारमा हुने हिंसा न्युनिकरणको प्रयासका बारेमा सर्लाहीमा सरोकारवालाबिच अन्तरक्रिया भएको छ । महिला सशक्तिकरण तथा लैंगिक आधारमा महिलामाथि हुने हिंसा न्युनिकरणका लागि काम गर्दै आएको साथी नेपाल अन्तर्गतको आस्था परियोजना, दलित जनकल्याण्ड युवा क्लब लहान, लैंगिक हिंसा न्युनिकरणका लागि महिला समूह, पुरुष समूह, स्थानीय राजनीतिक अगुवा तथा स्थानीय प्रहरीका प्रतिनिधिबिच छलफल भएको हो ।

छलफलको क्रममा सर्लाहीको भदिया, सीतापुर, मौवाही र मझौराका अगुवा महिला तथा उनीहरुलाई महिला हिंसा विरुद्धको अभियानमा साथ दिँदै आएका पुरुष प्रतिनिधिको सहभागिता थियो ।

सहभागीले विगतमा भन्दा अहिले महिलामाथि महिला भएकै कारण हुने हिंसाका घटनामा केही कमी आएको बताएका छन् । तर अझै पनि महिलाहरु पूर्ण रुपमा बाहिर आउन सक्ने अवस्था भने नरहेको स्थानीय महिला अगुवा बिमला यादवले बताउनुभयो ।

यस्तै कार्यक्रममा सहभागी नेकपा माले सलार्हीका अध्यक्ष पवन कुमार झाले महिलामाथि हुने हिंसाका घटना केही कम भएको तर पूर्ण रुपमा रोकिन भने अझै समय लाग्ने बताउनुभयो । यसका लागि राजनीतिक दलहरु महिला अगुवासँग मिलेर काम गर्न तयार रहेको उहाँको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*