सर्लाही, श्रावण ३१ – लालबन्दी नगरपालीका को वडा नम्बर ५ स्थित श्री दुर्गाकाली महिला समुहले भोली श्रावण ३२ गत्ते तिज बिशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । समुहले प्रत्येक बर्ष जस्तै यो बर्षपनि कार्यक्रम गर्न लागेको बताएको छ ।

समुहकी संयोजक सरिता काफ्लेका अनुसार तिज बिशेष कार्यक्रम दर खुवाउने र शुभकामना आदान प्रदान मात्रै गर्ने भन्दापनि बिशेष रहेको बताउनुभएको छ । उहाँका अनुसार श्री दुर्गाकाली महिला समुहले आयोजना गर्न लागेको तिज बिशेष कार्यक्रम बाट स्थानिय नेता तथा बुद्धिजिविहरु समक्ष एउटा सार्वजनिक भवनको माग गरिने बताउनु भएको छ ।प्रत्येक बर्ष बिभिन्न ब्यक्ति तथा नगरपालीका लाई सो अनुरोध गरिएको भएपनि अहिले सम्म सबैले आश देखाउने गरेको र सहयोग भने कसैले नगरेको सो समुहको गुनासो रहेको छ । लालबन्दी नगरपालीका को वडा नम्बर ५ स्थित शान्ति टोलमा हुने जुनसुकै कार्यक्रम पनि सडक छेउको एउटा चौतारोमा हुने गरेको छ ।

समुहले यसपाली पनि नगरपालीका वा कुनै ब्यक्ति तथा संस्थाले भवन निर्माणका लागी सहयोग नगरेमा बैशाख सम्ममा ब्यक्तिगत पैसा संकलन गरेर भएपनि शान्तिटोलका लागी अत्यावश्यक भवन बनाई छोड्ने उद्घोष गरेको संयोजक काफ्ले ले जानकारि दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*