सर्लाही, श्रावण २७ – वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा डुवानमा परेको छ । केही दिन यता परेको वर्षाको कारण पानीको उचित निकास हुन नसक्दा मलंगवामा रहेका सरकारी कार्यालहरुमा समेत पानी पसेको मलंगवाबाट पत्रकार विश्वनाथ ठाकुरले बताउनु भयो ।

Image may contain: one or more people, people standing, house, outdoor, water and nature

जिल्ला अस्पताल लगायतका कार्यालयहरुमा पानी छिरेको छ । जिल्लाको जेठो नगरपालिका मलंगवा नगरपालिकाले लापरवाही पाराले नाला निर्माण गरेको, भएका नालाहरु पनि सफा नगरे पछि वर्षाको पानी उचित निकास नहुदा मलंगवा डुवानमा परेको हो । अहिले मलंगवामा जम्मा भएको पानी निकासका लागि नेपाली सेना, सशस्त्र प्रहरी लागि परि रहेका छन् ।

डुवानमा परेपछि मलंगवामा स्थानीयलाई घरबाहिर निस्कन समेत गारो भएको छ । मलंगवामा सरकारी कामले गएकाहरुलाई पनि काम गर्न र कार्यालयसम्म पुग्न समस्या भएको छ । मलंगवा जलमग्न हुँदा समेत सम्बन्धि निकायले कुनै पहल नगरेको स्थानीयले आरोप लगाएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*