सर्लाही, भाद्र ८ – फोटो सहितको मतदाता नामावली संकलनको अवधिमा सर्लाहीमा १८ हजार बढी नयाँ मतदाता थपिएका छन् । गएको साउन १ गतेदेखी भदौ ३ गते सम्म सर्लाहीमा १८ हजार ४ सय ८ जनाले नाम दर्ता गराएका हुन् ।

नाम दर्ता गराउने मध्ये ७ हजार ५ सय ७९ महिला र १० हजार ९ सय ८ पुरुष रहेका निर्वाचन अधिकारी दिवाकर भुजेलले जानकारी दिनुभयो । त्यस्तै एक जना तेस्रो लिंगीले पनि नाम दर्ता गराएको छ ।

त्यस्तै १ जनाले जिल्ला बाहिर ठाउँ सारी गराएका हुन् । करिब ३ सय जनाले त्रुटी सच्याएको छ ।

गएको साउन १ गतेदेखी भदौ ३ गते सम्म दर्ता भएको मतदाताले प्रदेश सभा र प्रतिनिधि सभामा मात्र भोट दिन पाउने जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*