सर्लाही, भाद्र ५ – सर्लाहीको हरिवनमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्याराडाईज लाईन्स क्रिकेट यूथ क्लव हरिवनको आयोजनामा हरिवन स्थित सुर्ति विकास खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।

ल्कवले आज एक कार्यक्रम गरी मिसन नेपाल जनकपुर अंचल संयोजक शुशिला थापाबाट प्रतियोगिताको उद्घाटन गराएको ल्कवका अध्यक्ष राकेश कुमार चौधरीले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा सबै राजनितिक दलका प्रतिनिधी, खेलप्रेमी दर्शकहरुको उलेख्य उपस्थिती रहेको अध्यक्ष चौधरीले बताउनु भयो ।

यसैबीच प्रतियाुेगिता अन्तर्गत आज भएको पहिलो स्पर्धामा एलिड बोडिङ्ग स्कुल कर्मैया विजयी भएको छ । उसले आईडल एकेडेमी लालबन्दीलाई ११९ रनले पराजित गरेको हो । पहिले व्याटिङ्ग गरेको एलिटले १८८ रनको लक्ष्य दिएको थियो तर जवाफमा आईडलले ६९ रन मात्रै बनाउन सक्यो । आजका लागि म्यान अफ दि म्याच एलिटका सुवास यादव घोषित भए उनले नटआउट १०३ रन बनाएका थिए ।

जिल्लाका १६ टीमले भाग लिएको प्रतियोगितामा भोली पनि दुई खेल अर्किड एकेडेमी हरिवन भर्सेज एभरेष्ट एकेडेमी लालबन्दी तथा लिटिल फ्लावर नवलपुर भर्सेज यूमिटी बोडिङ्ग बरहथवा रहेको आयोजकले बताएको छ ।

प्रतियोगितामा विजेता टिमले नगद १० हजार र कप पुरस्कार स्वरुप प्राप्त गर्नेछन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*