Archive for August, 2017

लालबन्दीमा सात दिने किसोरि शिक्षा तालिम सम्पन्न

सर्लाही, श्रावण २७ – बाल संरक्षण सस्था लालबन्दीको आयोजना तथा बिश्व शिक्षा काठमाडौको सहयोगमा सात दिने किसोरि शिक्षा तालिम शुक्रबार लालबन्दीको नमस्ते होटलमा सम्पन्न भएको छ । बालसंरक्षण सस्थाकी अध्यक्ष राधा घिमीरेको अध्यक्षतामा सम्पन्न तालीममा प्रशिक्षक तुलबाहादुर बानिया र बिवेक झाले प्रशिक्षण दिनुभएको कार्यक्रम संचालक सुरेस रेग्मीले जानकारी दिनुभयो । विश्व शिक्षा संगको साझेदारीमा बाल संरक्षण संस्था लालबन्दीद्धारा संचालित संगसँगै परियोजना[Read More…]

by August 11, 2017 0 comments सर्लाही बिशेष
नाढीमन तालको माछा ठेक्का लगाउने निर्णय

नाढीमन तालको माछा ठेक्का लगाउने निर्णय

सर्लाही, श्रावण २७ – प्रदेश नम्बर २ कै पहिचान बोकेको सर्लाहीको चन्द्रनगर गाउपालिका स्थित पर्यटकीय तालको माछा ठेक्का लगाउने निर्णय भएको छ । विगत तीन वर्ष यता देखि ननिकालिएको माछा स्थानीयले आफुखुशि निकाल्न थाले पछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा बसेको सर्वदलिय बैठकले तालको माछा ठेक्का मार्फत विक्री गर्ने निर्णय गरेको हो । अस्ती बुधवार ताल संरक्षण समितिका केही पदाधिकारी सहितको[Read More…]

by August 11, 2017 0 comments सर्लाही बिशेष
सर्लाही सदरमुकाम मलंगवा डुवानमा

सर्लाही सदरमुकाम मलंगवा डुवानमा

सर्लाही, श्रावण २७ – वर्षाका कारण सर्लाही सदरमुकाम मलंगवा डुवानमा परेको छ । केही दिन यता परेको वर्षाको कारण पानीको उचित निकास हुन नसक्दा मलंगवामा रहेका सरकारी कार्यालहरुमा समेत पानी पसेको मलंगवाबाट पत्रकार विश्वनाथ ठाकुरले बताउनु भयो । जिल्ला अस्पताल लगायतका कार्यालयहरुमा पानी छिरेको छ । जिल्लाको जेठो नगरपालिका मलंगवा नगरपालिकाले लापरवाही पाराले नाला निर्माण गरेको, भएका नालाहरु पनि सफा नगरे[Read More…]

जनता मावि नवलपुरमा आज नयाँ विद्यालय व्यवस्थापन समितीका लागि ४ जना सदस्य चयन

जनता मावि नवलपुरमा आज नयाँ विद्यालय व्यवस्थापन समितीका लागि ४ जना सदस्य चयन

सर्लाही, श्रावण २६ – सर्लाहीको नवलपुरमा रहेको जनता माध्यमिक विद्यालयमा आज नयाँ विद्यालय व्यवस्थापन समितीका लागि ४ जना सदस्य चयन गरिएको छ । विद्यालय निरिक्षक रामाधार कुशवाहाको अध्यक्षतामा आज बसेको अभिभावक भेलाले नयाँ व्यवस्थापन समितीका लागि ब्रह्मदेव महतो, गिनेन्द्र कुमार यादव, मन्जु बुढाथोकी र सन्जादेवी महतोलाई चयन गरेको हो ।अन्य दुई जना केही दिनमै अर्को बैठकबाट चयन गर्ने विद्यालयका प्रधानाध्यपक[Read More…]

by August 10, 2017 0 comments सर्लाही बिशेष
जिल्लाकै पर्यटकिय स्थलको रुपमा बिकसित हुँदै गएको नाडिमन तालमा अनाधिकृत रुपमा माछाको चोरि हुन थाल्यो

जिल्लाकै पर्यटकिय स्थलको रुपमा बिकसित हुँदै गएको नाडिमन तालमा अनाधिकृत रुपमा माछाको चोरि हुन थाल्यो

सर्लाही, श्रावण २६ – सर्लाहीको चन्द्रनगरमा रहेको पर्यटकीय स्थल नाढीमन तालमा पालिएको माछा अवैद्य रुपमा मार्न थालिएको छ । यसवर्ष अहिले सम्म ताल ठेक्का नलाग्दा स्थानीय केही व्यक्तिले मनपरी रुपमा माछा शिकार गर्न थालेका गुनासो आएको हो । तर यस तर्फ ताल संरक्षण समितिले चासो नदिएको स्थानीय वाषिन्दाले बताएका छन् । जिल्लाको पूर्वी भेगमा पर्ने नाढीमन तालमा वर्षेनी गाविस मार्फत[Read More…]

by August 10, 2017 0 comments सर्लाही बिशेष

लालबन्दी नगरपालिका का मैला दाई को निधन !!

सर्लाही, श्रावण २५ – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गए राती भएको दुर्घटनामा लालबन्दी नगरपालिका कार्यालयमा गाडी चालकको काम गर्ने लालबन्दी–६ बस्ने ४२ वर्षीय चन्द्रबहादुर थापाको मृत्यु भएको हो । लालबन्दीबाट परवानीपुर जाँदै गरेको ज १ प ९७८४ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाईते भएका थापालाई गढिमाई अस्पतालमा सामान्य उपचार पछि काठमाण्डौ[Read More…]

ढुकढुकी एफ. एम. को पाँचौ वार्षिक उत्सव !!

ढुकढुकी एफ. एम. को पाँचौ वार्षिक उत्सव !!

श्रावण २३ – लालबन्दी मिडिया प्रा.ली. द्वारा सञ्चालीत ढुकढुकी एफ.एम.९५.२ मेगाहर्ज २०७४ साल श्रावण २५ गत्तेबाट आफ्नो सफल प्रशारण को गौरवमय पाँच बर्ष पुरा गरि छैठौं बर्षमा प्रवेश गर्दैछ । जिल्लाकै ५०० वाटको पहिलो ब्यबसायीक रेडियोलाई यो सफलतासम्म पु¥याउन सहयोग गर्नुहुने तमाम बिज्ञापनदाता, सहयोगी, शुभचिन्तक, श्रोतासाथी लगाएत समस्त शेयर सदष्य एवम् ज्ञात अज्ञात हस्तिहरु प्रति स–धन्यवाद सहित आभार प्रकट गर्दछौँ[Read More…]