सर्लाही, भाद्र १६ – नेपाली कंग्रेस बाट लालबन्दी नगरपालीका को मेयर पदमा उम्मेदवारिको घोषणा गर्नुभएका बासु अधिकारिले आफु यस नगरको मेयर बन्ने पक्का जस्तै रहेको र आफु मेयर बनेमा नगरको चौतर्फि बिकाश गर्ने बताउनुभएको छ ।आज बिहान ढुकढुकि एफ.एम. सँगको अनौपचारिक कुराकानिमा अधिकारिले लालबन्दी नगरपालीका बाट नेपाली कांग्रेसको मेयर पदमा ३ जनाको नाम जिल्लाले फाईनल गरिसकेको र केन्द्रले पनि लगभग आज टुङ्ग्याउने बताउनुभएको छ । उहाँले आफु मेयर बनेमा नगरमा शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतको आधारभुत आवश्यकता कमि महशुस हुन नदिने र नगरवासिको चाहना समेटेर अगाडि बढ्ने बताउनुभएको छ ।

यस नगरमा शासन गर्ने पनि स्थानिय सरकार नै हुने भएको हुँदा यहाँका जनताको हितमा काम गर्ने आफ्नो लक्ष्य रहेको अधिकारिको भनाई छ ।

अर्को एक प्रसंग मा अधिकारिले लालबन्दी नगरपालीका को साबिक ११ ओटा वडामा अहिले प्रत्येक जनताको घरघरमा स्वच्छ पानी पु¥याउनका लागी तिब्र गतिमा काम भईरहेको बताउनुभएको छ ।

८० करोडको योजनामा ७० करोडको ठेक्का लगाई तिब्र गतिमा ओभरहेड ट्यांकि निर्माणको काम भईरहेको पनि उहाँले जानकारि दिनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*