सर्लाही, भाद्र २० – लालबन्दी नगरपालीका बाट नेकपा एमालेका मेयर उम्मेदवार मान वहादुर खड्काले लालबन्दीमा हाईड्रो पावरको परिकल्पना गरिएको बताउनुभएको छ ।

ढुकढुकी एफ.एम. सँगको अनौपचारिक कुराकानिमा खड्काले लालबन्दी नगरपालीका को अहिलेको प्रमुख समस्या नदि कटान भएको र त्यसको नियन्त्रणका लागी तटबन्धको ब्यबस्था सहित हाईड्रो पावरको समेत परिकल्पना गरिएको बताउनुभएको हो ।

उहाँले अहिले आफु घरदैलो कार्यक्रममा ब्यस्त रहेको र बिकाश, शुसासन प्रेमि जनताले आफुलाई नै अत्यधिक मतले बिजय गराउने बिश्वास ब्यक्त गर्नुभएको छ ।

लालबन्दी नगरलाई भ्रष्टाचार मुक्त नगर बनाउँदै, शिक्षा, स्वास्थ्य, बाटो, शान्ति शुरक्षा र नदि कटान नियन्त्रण आफ्नो मुख्य लक्ष्य भित्र पर्ने बताउँदै खड्काले नगरपालीका १४ अन्तर्गत पर्ने नारायणखेलामा १,००० हेक्टर भुभागमा नदि नियन्त्रण गरि हाईड्रोपावर को परिकल्पना समेत गरिएको बताउनुभयो ।

साथै उहाँले बन जंगल नियन्त्रण, बृक्षारोपण गर्दै पर्यावरण जोगाउने काममा पनि आफु अग्रशर भएर लाग्ने बताउनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*