सर्लाही, भाद्र १६ – सर्लाहिको लालबन्दी नगरपालीका १५ बस्ने एक युवतिको गएराती शंकास्पद तरिकाले कपाल काटिएको छ । नगरपालीका १५ स्थित परवानिपुर चोकमा मामाको घरमा बस्दै आएकि १६ बर्षिय रिना अधिकारिको कपाल काटिएको हो ।

खाना खाएर सकुसल सुतेकि रिनाको बिहान उठ्नेबेला हल्का टाउको दुखेको र पछि आछ्यानमा कपालको गुजुल्टो देखेपछि हेर्दा आफ्नो कपाल काटिएको देखेको रिनाले बताएकि छिन । छिमेकि देश भारतमा बस्दै आएका कृष्ण प्रसाद अधिकारिकि छोरि यसैपाली देखि परवानिपुर बस्दै आएकि थिईन ।

शंकास्पद तरिकाले कपाल काटिएपछि रिना अचम्म मा परेकि छिन भने काटिएको कपालको अनुसन्धानका लागी अस्थाई प्रहरि पोष्ट परवानीपुरमा राखिएको असई हरिमान शाक्यले बताएका छन । केहि समय देखि युवतिको चुल्ठो काट्ने हल्ला चलिरहेका बेला यस्तो घटना भएपछि स्थानिय त्रसित भएका छन ।

चुल्ठो काटेपछि युवतिको मृत्यु हुन्छ भन्ने हल्ला चलेको भएपनि आफुलाई त्यस्तो केहि नभएको रिनाले बताएकि छिन । केहि दिन अघि मात्रै पनि सर्लाहिकै खुटौनामा एक युवतिको शंकास्पद तरिकाले कपाल काटिएको थियो ।

नेपालमा महान चाडपर्वहरु भित्रिने बेला भएपछि हरेक बर्ष यस्ता बिभिन्न खालका हल्लाहरु चल्ने गरेका छन्, यस तर्फ सबै सचेत हुनुपर्ने छ, अन्यथा चाडपर्वका बेला अप्रिय घटना पनी हुन सक्नेछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*