सर्लाही, भाद्र २० – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीकामा नेपाली कंग्रेस र माओवादि बिच तालमेल हुने भनिए पनि अहिले दुबै पार्टिले आफ्नो उम्मेदवारि घोषणा गरेको खबर बाहिर आएको छ ।

नेपाली कंग्रेस निकट श्रोतले दिएको जानकारि अनुसार लालबन्दी नगरको मेयर पदमा कुबेर आचार्यलाई उठाईएको छ भने उपमेयर पदमा पम्फा लामालाई उठाईएको छ । 

त्यस्तै नेकपा माओवादिले पनि लालबन्दी नगरको मेयर पदमा ईन्द्र योञ्जनलाई उठाउने हल्ला चलेको पार्टि निकट श्रोतले बतएको छ ।

लालबन्दी नगरमा नेपाली कंग्रेस र माओवादि बिच तालमेल हुने भनिएपनि कंग्रसको तल्लो तहले नमानेको माओवादि निकट नेताहरुको भनाई छ । अहिले पनि नेपाली कंग्रेसको बैठक बसिरहेको जानकारि प्राप्त भएको छ भने माओवादिको पनि बैठक बसिरहेको छ ।

उम्मेदवारिको अन्तिम मनोनयनको समय भोली सम्म मात्रै रहेकोले पनि उम्मेदवारि टुङ्ग्याउन बाँकि रहेका दलहरुबाट उम्मेदवारिको छनौटका लागी अन्तिम संघर्ष गरिरहेका छन ।

यस अघि नेपाली कंग्रेसबाट लालबन्दि नगरको मेयर पदमा बासुदेव अधिकारिको नाम आएको थियो भने अहिले नेकपा माओवादिबाट मेयरको पदका लागी ईन्द्र योञ्जनको नाम आउनु हल्ला मात्रै भएको पार्टि निकट श्रोतले जनाएको छ ।

कांगे्रस माओवादि तालमेल हुने वा नहुने तथा पार्टिले कसलाई मेयर उपमेयर पदको टुङ्गो लगाउँछ भन्ने कुरामा भने आधिकारिक निर्णय हुन बाँकि रहेको नेकपा माओवादि केन्द्र लालबन्दिले जानकारि दिएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*