सर्लाही, असोज २५ – छर्ठपर्व नजिकीए सँगै सर्लाहीमा बासको चोयाबाट बन्ने सामाग्रीको व्यापार बढेको छ । बिशेषगरि छर्ठपर्वमा डुमसमुदायले बासको चोयाबाट बिभिन्न सामाग्री बनाएर बेच्ने गरेका छन् ।

हिजो आज बासको चोयाबाट बनाइएको ढकीया, नाग्लो, डालो जस्ता बासको सामाग्रीको माग बढेकोले यसैको व्यापार गर्न इश्वरपुरबाट लालबन्दी बजार आएका एक व्यापारीले बताएका छन् । व्यपारीका अनुसार, छर्ठपर्व भरि यस्तो सामाग्री बीक्री गरेर राम्रो कमाई हुन्छ ।

डुम समुदायले छर्ठपर्वमा प्रयोग हुने बासको सामाग्री बनाई जिल्लाका लालबन्दी, मलंगवा, गेडैता, कौडेना, चन्द्रपुर, ब्रम्हपुरी, बयलबास, बरथहवा, रामवन, पर्सा, डुमरिया जस्ता हाट बजारमा बिक्रि गरिरहेको हाम्रा सहकर्मीहरुले बताएका छन् ।

यस्तै, कुमालेहरुले पनि दिपावलि र छर्ठ लगातएतका चाड पर्व नजिकीसँगै माटाका सामाग्री बाट राम्रै कमाई हुदै आएको बताएका छन् ।

अन्य समयमा खासै व्यपार नहुने भएपनि हिजो आज जिल्लाका बजारहरुमा माटोबाट बन्ने दियो, मुर्ति लगाएतका सामग्रीको बिक्रि राम्रो भईरहेको कुमालेले बताएका छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*