सर्लाही, असोज २५ – यौन सम्बन्ध राख्न गरिएको आग्रह नमानेपछि पर्साको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा एक विवाहीता महिलाको बलात्कार पछि हत्या गरिएको घटना प्रकाशमा आएको छ ।

स्थानीय गेलुङ लामाको श्रीमती ५० बर्षिया सानी लक्ष्मी बम्जनको उनकै छिमेकी ३१ वर्षिय उमेश हजरा दुसादले गत बिहिबार जर्बजस्ती करणीपछि हत्या गरेका हुन । दुसादले बम्जनको बलात्कारपछि टाउकोमा कोदालो र घाटीमा खुर्पीले पटक पटक प्रहार गरी हत्या गरेको पर्साका प्रहरी उपरिक्षक डाक्टर गणेश रेग्मीले मंगलवार आयोजित पत्रकार सम्मेलनमा बताए ।बलात्कारको लागि तस्बिर परिणाम गत असोज १९ गते बिहिबार दिउँसो १ बजे तिर भकारी लिप्नका लागि माटो लिन घरबाट निस्किएकी बम्जनको शव उनको घरबाट ६ सय मिटर पर रहेको स्थानीय जमुना चौधरीको ऊखु बारीमा भेटिएको थियो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*