असोज २५ – फ्रान्स आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । युरोपियन क्षेत्रको छनौट अन्तर्गत गएराति भएको खेलमा बेलारुसलाई २–१ ले हराएको फ्रान्सले पनि विश्वकपमा स्थान पक्का गरेको हो । फ्रान्स समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै विश्वकपका लागि छनौट भएको हो ।

तर एसियाली देश सिरियाको अस्वभाविक विश्वकप फुटबल सपना भने टुटे छ । आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलमा छनौटका लागि भएको पहिलो चरणको प्ले–अफमा अस्ट्रेलियाले सिरियाको विश्वकप सपना तोडेको हो ।सम्बन्धित छवि

उता नेदरल्याण्डसका कप्तान आर्जेन रोबिनले अन्तर्रा्ष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।  आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि नेदरल्याण्डस छनौट हुन सकेन ।

युरोपियन क्षेत्रको छनौट अन्तर्गत गएराति भएको खेलमा स्वीडेनलाई २–० ले हराए पनि नेदरल्याण्डसले प्ले–अफमा स्थान बनाउन सकेन । दुवै गोल रोबिनले गरेका हुन् । उनले सन्यासको निर्णय सहज नरहेको तर अब आफूले क्लब फुटबलमा नै आफ्नो पूर्ण ध्यान लगाउने बताएका छन् । ३३ वर्षका रोबिन जर्मन क्लब बार्यन म्युनिखबाट खेल्छन् ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*