सर्लाही, असोज ३१ – सर्लाहि जिल्लाको लालबन्दी नगरपालीका वडा नम्बर ५ स्थित एक बिद्यालयमा आज सरसफाई गरिएको छ । वडा अध्यक्ष मोहन भण्डारि लगाएत वडामा नवनिर्वाचित स्थानिय निकायको टोली तथा स्थानिय अभिभावकको प्रत्यक्ष सहभागीतामा सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यक्रम वडाकै महेन्द्र आधारभुत बिद्यालयमा गरिएको हो । बिद्यालय हाताभित्र घारि तथा फोहोर धेरै भएकोले बिद्याको मन्दिर सफा हुनुपर्छ र गर्नुपर्छ भन्ने मुल मान्यताका साथ सरसफाई गरिएको र आज देखि प्रत्येक साताको मंगलबार बिहान सरसफाई कार्यक्रम गर्ने निर्णय गरिएको अध्यक्ष भण्डारिले बताउनुभएको छ ।

तर जनप्रतिनिधि तथा अभिभावकको प्रत्यक्ष संलग्नतामा सरसफाई कार्यक्रम हुँदा पनि बिद्यालयका कर्मचारिहरुले चासो नदिनु दुःखको कुरो भएको प्रति अध्यक्ष भण्डारिले दुखेसो गर्नुभयो ।

यस्तै आज नै नगरपालीका कै वडा नम्बर १६ अन्तर्गतको परवानिपुर चोकमा पनि सरसफाई कार्यक्रम गरिएको छ ।Image may contain: 12 people, people smiling, people standing and outdoorनेपालीहरुको दोश्रो महान पर्व दिपावलीको अवसरमा वडाअध्यक्ष गणेश थापा लगाएत नवनिर्वाचित जनप्रतिनिधि एवम वडा नम्बर १५ का वडाध्यक्ष गोरख बल, अस्थाई प्रहरि पोष्ट परवानिपुरका असई हरिमान शाक्य, नेकपा एमाले का गोबिन्द अधिकारि, उद्धव पाठक लगाएको प्रत्यक्ष सहभागीतामा कार्यक्रम गरिएको त्यहाँबाट हाम्रा समाचार सहयोगी सनम वाईवाले जानकारि गराएका छन ।

Image may contain: one or more people, outdoor and nature

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*