सर्लाही, असोज १८ – तेश्रो चरणको स्थानिय निर्वाचन अन्तर्गत यहि असोज २ गत्ते सम्पन्न निर्वाचन मार्फत विजयी बनेका वडाप्रमुखहरुले वडा कार्यालय नहुँदा आफुहरुलाई काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका छन ।

ढुकढुकी एफ.एम. सँगको अनौपचारिक कुराकानिका क्रममा लालबन्दी नगरपालीका का वडा नम्बर ५ देखि ११,१२ लगाएतका वडाहरुमा वडाकार्याल नहुँदा काम गर्न समस्या भएको वडा प्रमुखहरुले बताएका छन ।

जनताको गुनासो अत्यधिक रुपमा आउन थालीसकेको भएपनी कार्यालय नहुँदा बाटो, घाटो, चोक, चौतारोमै बसेर काम गर्नु परेको लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष मोहन भण्डारिले बताउनुभयो । वडा प्रमुखहरुले वडाका ३९ ओटा सिफारिसहरु गर्न पाउने प्रावधान भएपनि कार्यालय नै नभएपछि सम्पुर्ण कामकाज अस्तब्यस्त ढङ्गले नै अघि बढिरहेको अर्का वडा प्रमुख उज्वल कार्किले बताउनुभयो ।

दैनिक जसो नै नगरपालीका कार्यालयमा मेयर उपमेयरहरु सँग यस बिषयमा कुराकानि गरिरहेको भएपनि अहिले सम्म कुनै सुधार नभएको वडाप्रमुखहरु बताउँछन । वडा कार्यालय र कर्मचारिहरु नहुँदा वडाबासिका काम सँगै भावि योजना र निति निर्माणका काम गर्न समेत समस्या परेको वडाप्रमुखहरुको गुनासो छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*