सर्लाही, असोज २५ – सर्लाहीमा अज्ञात समुहले एक सुन पसलेको गोली हानी हत्या गरेको छ । मंगलवार साझ ७ बजेको समयमा हरिपुर नगरपालिका स्थित पिडारीबाट पसल बन्द गरेर

घर फर्कदै गरेका कविलासी गाउँपालिका ३ पिपरिया बस्ने बर्ष २७ का सुनिल साहको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

Radha Adhikari को फोटो।

उनी साझ पसल बन्द गरेर मोटरसाईकलमा घर फर्कदै गर्दा बाटो ढुकेर बसेका ३/४ जनाको समुहले मोटरसाईकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजे मृतकका बुबा नागेन्दर साहको भनाई छ । प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनी गोली हानी मृतको बुबासगँ झोलामा रहेको नगद तथा सुन, चाँदी समेत लिएर फरार भएको प्रहरीले जनाएको छ । 

गोली लागेर गम्भिर घाईते भएका साहलाई सर्लाही जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले मृत घोषणा गरिदिएको हो । घटनाको बिषयमा अनुसन्धान तथा गोली हानेर फरार समुहको खोजि भैरहेको जिल्ला प्रहरी कार्यलयका एसपी मसाउद आलम खाँले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*