सर्लाही, मङ्सिर ०१ – २० बर्षपछि भएको स्थानिय निर्वाचनबाट चुनिएका जनप्रतिनिधिहरुले जनताको हितमा काम थालेका बताएका छन । जनप्रतिनिधिहरुले राज्यबाट प्राप्त अधिकारलाई प्रयोग गरि गाउँपालीका, नगरपालीका र वडाहरुमा रहेका बिकास निर्माणका काम सहित सार्वजनिक सम्पतिहरुको खोज अनुसन्धान र अभिलेख राख्ने काम पनि गरिरहेका छन ।सम्बन्धित छवि लालबन्दी नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष मोहन भण्डारिका अनुसार अहिले वडाको सार्वजनिक सम्पतिको खोजि कार्य र अभिलेख राख्ने कार्य भईरहेको छ । भण्डारिका अनुसार वडामा २ ओटा सरकारि बिद्यालय रहेको छ भने एउटा राम मन्दिर रहेको छ ।

ति सार्वजनिक सम्पतिको नाममा केहि जग्गा पनि रहेको फेला परेको छ । तर ति जग्गामा सुकुम्वासिको नाउँमा हुकुम्वासिको बर्चस्व रहेको भन्ने खबर आएकाले सत्यतथ्यको खोजिकार्य जारि रहेको छ । राज्यको नाममा वा नगरपालीका को नाममा रहेको सार्वजनिक सम्पतिमा सुकुम्वासि बाहेक का ब्यक्तिको आधिपत्य भएको पाईए त्यस्ता सम्पति फिर्ता गरिने पनि वडाअध्यक्ष भण्डारिले बताएका छन ।

अहिले सम्म अमरज्यान आधारभुत बिद्यालयले आफ्नो नाममा रहेको सम्पति बिवरण बुझाएको पनि भण्डारिले बताएका छन ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*