सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठको घरको कम्पाउण्ड वालमा बम बिस्फोट भएको छ ।

शनिवार बिहान करिव ५ः१० तिर कम्पाउण्ड वालमा सुतली बम बिस्फोट भएको ईलाका प्रहरि कार्यालय नेत्रगञ्जका प्रहरि निरिक्षक अनिल कुमार पौडेलले जानकारि दिनुभयो । उहाँका अनुसार कम्पाउण्ड वालको माथील्लो काँटिमा झोला झुन्ड्याएर राखेकै अवस्थामा बम बिष्फोट भएको अनुमान गरिएको छ ।

सम्बन्धित छवि

बिष्फोट बाट कम्पाउण्ड वालको ३ फिट उचार र ५ फिट लम्बाई भत्किएको छ । अन्य केहि क्षति नभएको प्रहरि निरिक्षक पोडेलको भनाई छ । अहिले घटनास्थलमा नेपाली शेनाको टोलीले अनुसन्धान गरिरहेको छ ।

घटना कस्ले र किन गरायो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरि निरीक्षक पौडेल ले जानकारि दिनुभएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*