मङ्सिर ०३ – सन् २०१८ को मे महिनामा रुसमा हुने सडक बालबालिकाको विश्वकपको लागि नेपाली टोलीको घोषणा गरिएको छ । सडक वालबालिकाको क्षेत्रमा काम गर्दै आएको सेल्टर आश्रय नेपालले पत्रकार सम्मेलन गरेर ५ जना अतिरिक्त खेलाडीसहित १४ जना खेलाडीको नाम सार्वजनिक गरेको हो ।विश्वकप टोलीमा एरोन कार्की, मनवीर लामा, विकास तिमल्सीना, रोहन भुसाल, रमेश शाह, सचिन विक, सन्तोस खत्री, हर्ष ठकुरी, पवन शाही रहेका छन् । यस्तै अतिरिक्त खेलाडीमा विशाल बादी, राजु नेपाल, रोशन कामी, राजु बादी र जिवितकुमार थारु रहेका छन् । सेभेन ए साइड नियममा हुने विश्वकपमा २२ देशबाट २४ टिमको सहभागिता रहनेछ ।

जसमा छात्र र छात्रामा समान १२/१२ टिम छन् । नेपालले पहिलो पटक छात्र टिममा भाग लिन लागेको हो । नेपालका विभिन्न आश्रयमा बस्दै आएका वालवालिकालाई समावेश गरेर सेल्टर आश्रय नेपालले खेलाडी छनौट गरेको थियो ।

सहाराविहिन बालबालिकालाई हाम्रो पनि कोही छ भन्ने आभाष दिन उनिहरुलाई विश्वकपमा खेलाउन लागिएको संस्थाकी अध्यक्ष खुस्वु ओलीले जानकारी दिनुभयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*