सर्लाही, मंसिर १३ – नेकपा माओवादि केन्द्रका सचिवालय सदष्य एवम् केन्द्रिय कार्यालयका मुख्य सचिव प्रल्हाद बुडाथोकिले सर्लाहिमा बाम गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भएको दाबि गर्नुभएको छ ।

बुधवार बिहान कार्यक्रम ढुकढुकी बिशेष संवादमा कुराकानि गर्दै सचिव बुडाथोकिले गठबन्धन बिना पनि बामन्थि पार्टिको बर्चस्व रहेको सर्लाहिमा गठबन्न्धन पछि अरु पार्टिको कल्पनै गर्न नसकिने बताउनुभएको हो । बाम गठबन्धन भनेको देशको प्रगतिको प्रतिक भएको र अन्य पार्टि ले जवरजस्ति सहयात्रा मात्रै गरेको उहाँको आरोप छ ।Image may contain: 2 people

आफुलाई लोकतान्त्रिक भन्ने पार्टिको लोकतन्त्रको नारा पनि आफुहरुले नै निर्धारण गरिदिएको बताउँदै बुढाथोकिले आफुहरुले शान्ति सम्झौता नगरेको भएको त्यसको कुनै कल्पनै गर्न नसकिने बताउनुभयो । जनतालाई बामपन्थिसँग डर देखाउँदै राजनिति गरिरहेका लोकतान्त्रिक भनौदा पार्टिको भविष्यप्रति आफुलाई चिन्ता लागेको बताउँदै बुडाथोकिले यो बाम गठबन्धन सदाको लागी भएको र अब देशको समृद्धि गठबन्धनकै जिम्मामा रहेको बताउनुभयो ।

अर्को एक फरक प्रसंगमा बुडाथोकिले आफु स्थानिय चुनाव र प्रतिनिधिसभाको चुनावको उम्मेदवारिका लागी तयार भएको भएपनि गठबन्धन पछि त्यो सम्भव नभएको र त्यसमा आफ्नो कुनै किसिमको चित्त दुखाई नरहेको बताउनुभयो ।

सर्लाहिमा बाम गठबन्धनका उम्मेदवारहरु बहुमतले बिजयी हुने र त्यसको लागी सम्पुर्ण शक्ति लागीपरेको मुख्य सचिव बुढाथोकिको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*