सर्लाही, मङ्सिर ०९ – पशुपंक्षी विकास मन्त्री एवं काँग्रेस सर्लाही क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उमेदवार शम्भुलाल श्रेष्ठले सर्लाहीमा रहेका विद्यालयहरुलाई महिला मैत्री बनाउन पहल गर्ने बताउनु भएको छ ।Krishna Samarpan को फोटो।

जनज्योती बहुमुखि क्याम्पस लालबन्दीमा नेविसंघले आयोजना गरेको शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले जनज्योती बहुमुखि क्याम्पसमा पनि विद्यार्थीको चाहाना अनुसार छात्रावास निर्माण गर्न पहल गर्ने बताउनु भयो । जिल्लाका धेरै विद्यालयहरुमा महिलामैत्री शौचालय नभएकै कारण किशोरीहरु विद्यालय जान नसकेको बताउँदै मन्त्री श्रेष्ठले विद्यालयमा किशोरीमैत्री शौचालय बनाउन आफुले जोडदार पहल गर्ने बताउनु भयो ।

अर्को एक फरक प्रसंगमा मन्त्री श्रेष्ठले आफू १ महिना २४ दिनको छोटो अवधिका लागि उर्जा राज्यमन्त्री भएको समयमा सर्लाहीमा लोड सेडिङ्ग अन्त्यका लागि पहलस्वरुप ३० करोडको लागतमा नवलपुरमा सव स्टेशन निर्माणका लागि पहल गरेको र त्यहाँ सबस्टेशन निर्माणको चरणमा रहेको बताउनु भयो ।Krishna Karki को फोटो।

त्यस्तै मन्त्री श्रेष्ठले खानेपानीको योजना सफल बनाउन लालबन्दीमा १२० करोडको योजना पारेको, लालबन्दी देखि पिपलदमार हुँदै विपि राजमार्ग जोड्ने सडक निर्माणका लागि ६ अर्वको योजना पारेको बताउनु भयो ।

आफु निर्वा्चित हुँदा मात्रै यो क्षेत्रको विकासले फड्को मार्ने भएकोले आफुलाई फेरी पनि जनताले अत्याधिक बहुमतले विजयी गराउँनेमा आफु विश्वस्त रहेको मन्त्री श्रेष्ठले बताउनु भएको छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*