सर्लाही, मङ्सिर १० – यहि मङ्गसिर २१ मा हुने दोस्रो चरणको आसन्न निर्बाचनलाई लक्षित गर्दै सर्लाही मा ६ हजार भन्दा बढी सुरक्षा कर्मी परिचालन गरिने भएको छ ।

चार प्रतिनिधी सभा र आठ प्रदेश सभाको लागी सर्लाहीमा हुन गई रहेको आसन्न निर्बाचनलाई शान्त शौहार्दपुर्ण र भए रहित तरिकाबाट सम्पन्न गर्नको लागी नेपाल प्रहरी, शसस्त्र ,म्यादी र नेपाली सेना लगायत लाइ परिचलन गर्न लागिएको हो ।चुनावी सुरक्षाको लागि तस्बिर परिणामजिल्ला सुरक्षा समिती का अध्यक्ष समेत रहनु भएका प्रमुखजिल्ला अधिकारी कृष्ण बहादुर कट्वाल ले सर्लाही जिल्ला सुरक्षा को दृस्टिकोण ले सम्बेदनशिल जिल्ला को रुप मा रहेको हुदा सुरक्षा ब्यबस्था लाई मजबुद बनाएको र त्यस्को लागी नेपाल प्रहरी १हजार ७सय ५०,म्यादी ३हजार १सय १३र १हजार को संख्या मा ससस्त्र प्रहरी र आबश्यक को संख्या को आधार मा नेपाली सेना परिचालन गर्न लागिएको बताउनु भयो ।

यस्तै जिल्ला का ५१६मतदान केन्द्र मध्ये १सय ४१केन्द्र अति सम्बेदनशिल १सय ५१सम्बेदनशिल र २सय २४केन्द्र लाई सामान्य सुची मा राखिएको जिल्ला निर्बाचन कार्यालय का निर्बाचन अधिकारी दिवाकर भुजेल ले जानकारी दिनुभयो ।

निर्बाचन लाई सुरक्षित र मर्या्दित बनाउन को लागी जिल्ला मा ४हजार कर्मचारी र २हजार २सय को हाराहारी मा स्वयमसेवक समेत खटिने उहाले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*