सर्लाही, मङ्सिर ११ – सर्लाहीको हरिवनमा ७ जनामा डेंगू देखिएको छ । डेंगू संक्रमित हुनेमा वडा नम्बर ९ का वडा अध्यक्ष सीताराम पोख्रेल समेत रहेका छन् ।

त्यस्तै उहाँका ससुरा हरिवन ८ का कुल प्रसाद सुवेदीलाई पनि संक्रमित रोग डेंगू देखिएको छ । डेंगू देखिएकाहरुमा हरिवन ९ का जंगली दास, ११ का सीता साह, ११ कै सागर खड्का, राजन कार्की र रौतहट चन्द्रपुर ८ का गणेश गजुरेल रहेका छन् । डेंगू अति प्रभावित क्षेत्र मानिएको हरिवनमा वडा नम्बर ११ ले आज आयोजना गरेको डेंगू ज्वरो सम्बन्धी एक दिने निशुल्क स्वास्थ्य शिविरमा ७२ जना विरामीको जाँच गर्दा ७ जनामा डेंगू देखिएको हो ।डेंगूको लागि तस्बिर परिणाम

१ सय भन्दा धेरैको स्वास्थ्य जाँच गर्ने लक्ष्य राखिएको निशुल्क शिविरमा नमूना अस्पतालका प्रमुख डाक्टर अनिल कुमार चौधरी, हरिवन नगरपालिकाका स्वास्थ्य संयोजक रामबाबु चौधरी लगायतका स्वास्थ्य टोलीले विरामीहरुको स्वास्थ्य परिक्षण गुर्न भएको हो । डेंगू नियन्त्रण अभियान अन्तर्गत स्वास्थ्य शिविरको आयोजना गरिएको वडा अध्यक्ष शेष मेहवुव रेजाले जानकारी दिनु भयो ।

साँझ ५ बजे सम्म चलेको शिविरमा डेंगूका शंका लागेका विरामीले निशुल्क स्वास्थ्य परिक्षण गरेका वडा अध्यक्ष रेजाले बताउनुभयो । डेगूं प्रभावितहरुले थप उपचारका लागि काठमाण्डौं या अन्यत्र जानु नपर्ने, डाक्टरको सल्लाहमा घरमै बसेर औषधी सेवन गरे निको हुने डाक्टरहरुले बताएका छन् । डेंगू नियन्त्रणका लागि नगरपालिकाले कुनै कार्यक्रम नगरेको जनगुनासो आउन थाल नगरपालिकाले यो रोग नियन्त्रण सम्बन्धी केही दिन यता अभियान नै चलाएको छ ।

मंसीर ८ गते नयाँ रोडमा वडा नम्बर ९ र १० को संयुक्त आयोजनामा डेंगू नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको थियो भने वडा नम्बर ११ को आयोजनामा हिजो पनि हरिवन वजारमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष मेहबुब रेजाले बताउनु भयो ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*