सर्लाही, मङ्सिर १० – आज मंसीर १० गते ३२ जिल्लामा प्रतिनिधी र प्रदेश सभा सदस्यको मतदान भई रहदा सर्लाही सहित अन्य ४५ जिल्लामा भने दल र तीनका उमेदवारहरु जनताको घर दैलोमा व्यस्त देखिएका छन् ।

सर्लाहीमा दलहरु आफ्नो आफ्नो उमेदवारको पक्षमा जनताको घर घरमै गएर भोट मागि रहेका छन् । यता सर्लाहीमा पनि दलहरु भोट माग्न मै व्यस्त देखिएका छन् । उमेदवार र तीनका समर्थकहरु आ–आफ्ना दलका एजेण्डा लिएर जनताका घर दैलोमा पुगेका हुन।

यसैबीच सर्लाहीको लालबन्दी, हरिवनमा पनि वाम गठबन्धनले हरिवनका विभिन्न वडामा घरदैलो कार्यक्रम तथा चुनावी सभा गरेको छ । विहान वडा नम्बर ८ मा वाम गठबन्धनले घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।सम्बन्धित छवि

त्यस्तै हरिवन नगरपालिका २ पाकडगाछीमा पनि चुनावी सभा सम्पन्न भएको छ । पाकडगाछीमा भएको कार्यक्रममा राप्रपाप्रजातान्त्रिकका हरिवन नगरपालिकाका मेयरका उमेदवार ललित बहादुर दोङ्ग सहित सयौं कार्यकर्ता वाम गठबन्धनमा प्रवेश गरेका वाम गठबन्धनका नेता अर्जुन पन्तले जानकारी दिनु भयो ।

चुनावी सभा कार्यक्रममा प्रतिनिधी सभा सदस्य उमेदवार रामेश्वर राय, प्रदेश सभा क का उमेदवार डिल्ली उप्रेती लगायत वाम गठबन्धनका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । सर्लाही सहति दोश्रो चरणमा चुनाव हुने ४५ जिल्लामा मंसीर २१ गते चुनाव हुँदैछ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*