सर्लाही, मंसिर १७ – लालबन्दी नगरपालिकाको गौरवको आयोजना भनेर चिनिने तेस्रो साना शहरी खानेपानी आयोजनाको काम निरन्तर तथा तिव्र गतिमा अघि बढि रहेको छ । जस अनुसार, साबिक लालबन्दी नगरपालिका १ देखी ११ नम्बर वडाका भिन्न ठाउँमा ट्यांकी नीर्माण सँगै पाईप बिछ्याउने काम भईरहेको छ ।

अहिले वडा नम्बर ४ स्थीत करैया जानेबाटो र्सोह् विगाह र वडा नम्बर ६ स्थीत लेखाली चौरी जाने बाटोमा खानेपानीको पाइप लाइन बिस्तार भईरहेको छ । पाइप लाइन बिस्तारको क्रममा उत्पन्न समस्या र अवरोध लाइ समाधान गर्ने प्रयासमा काम समयमै सक्नका लागि सबै नगरवासीलाई सहयोग गर्न आयोजनाले उपभोक्ताहरुमा आग्रह गरेको छ ।सम्बन्धित छवि

फाइल तश्विर…

यसैबिच आयोजनाले मुल सडक खनेर पाईप बिछ्याईसकेका ठाउँमा अत्यधिक धुलो उड्न थालेपछि सडक छेउका स्थानिय बिरामि पर्ने अवस्थामा पुगेका छन । दिनैभरि ट्रयाक्टर लगाएत का सवारि गुड्ने सडकमा अत्यधिक धुलोले कुहिरो लागेको जत्तिकै हुने गरेको सडक छेउका बासिन्दा बताउँछन ।

कतिपय मुल सडकका पैदलयात्री र कलिला बिद्यार्थीलाई समेत यो समस्याले आजित तुल्याएको छ । यो समस्या निराकरणका लागी कसैले पनि केहि पहल नगरेको बिद्यार्थी एवम स्थानियले बताएका छन । सडकमा पानि छिट्न सकिए मात्रै पनि यो समस्या निराकरण हुने स्थानियको भनाई छ ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*