सर्लाही । हास्य टेलिश्रृंखला भद्रगोलका कलाकार सागर लम्साल ‘बले’ र हरिश निरौला ‘कक्रोच’ अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘माया मै सँग लाइदेउन’ बोलको रोमान्टिक गीत सार्वजनिक भएको हो ।

हास्य कलाकारको गतिलो छवि बनाएका ‘बले’ र ‘कक्रोच’ सँग म्यूजिक भिडियोमा भद्रगोलकी कलाकार रक्षा श्रेष्ठ र जुना सुन्दा पनि सँगै देखिएका छन् । म्यूजिक भिडियोमा बलेको जोडी रक्षा र कक्रोचको जोडी जुना छन् । भिडियोमा उनीहरुले रोमान्स गरेका छन् ।

भिडियोमा बले र कक्रोचको प्रेमिका बनेका रक्षा र जुना भद्रगोलका अर्का चर्चित कलाकार मधुसुदन पाठक ‘सितेबा’ को अंगालोमा देखिएका छन् । त्यस दृश्यले झनै भिडियोमा रोमान्टिक बनेको छ ।

निकै मिठो बनेको गीतमा किरण भुजेल र मेलिना राईको स्वर रहेको छ । डिपी खनालको शब्दरहेको गीतमा शंकर थापाको संगीत रहेको छ । उदयराज पौडेलको एरेन्जमा तयार भएको गीतको भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् जसमा सुरेन बसेलको कोरियोग्राफी छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला ।

It's only fair to share...Share on FacebookShare on Google+Tweet about this on TwitterShare on LinkedIn

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*